बचतकर्ताको डेढ करोड रुपैयाँभन्दा बढी रकम चोरी

काठमाडौं ।  सुनसरीको इटहरीस्थित एभरेस्ट बैंकको शाखाबाट बचतकर्ताको डेढ करोड रुपैयाँभन्दा बढी रकम चोरी (हिनामिना) भएको खुलेको छ। उक्त हिनामिनामा बैंकका कर्मचारीहरु नै संलग्न रहेका पाइएको छ।

बचतकर्ताको रकम हिनामिना गरेर ठगी गरेको आरोपमा प्रहरीले एभरेस्ट बैंकको इटहरी शाखाका प्रमुखसहित ९ जना कर्मचारीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार राईका अनुसार बचतकर्ताको रकम हिनामिना गर्ने कार्यमा शाखा प्रमुख सिन्धुपाल्चोक घर भएका ४२ वर्षीय बिश्वराज शाक्यसहित ७ जना कर्मचारी र अन्य २ जनाको संलग्नता रहेको पाइएको छ।

एभरेस्ट बैंकको इटहरी शाखाबाट विभिन्न ३३ जना बचतकर्ताको खाताबाट १ करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ ‘चोरी’ भएको पाइएको डीएसपी राईले बताए। ग्राहकको खाताबाट रकम निकालेर ठगी गरेको कसुरमा प्रहरीले ९ जनालाई पक्राउ गरेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर