वर्तमान सरकार विभेदकारी : प्रचण्ड

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले समाजमा विभेद बढाउने काम गरेको आरोप लगाभएका छन् ।

माओवादी केन्द्रद्वारा मधेस जागरण अभियानअन्तर्गत आज सुनसरीको दक्षिणवर्ती बर्जू गाउँपालिकाको शुक्रबारेमा आयोजित कार्यक्रममा  प्रचण्डले माओवादीको यो अभियानले समाजमा उत्पन्न विभेदको अन्त्य गर्ने बताए । सबैले मिलेर दबाब दिन सके समाजिक विभेद अन्त्य गर्न सकिने अध्यक्ष प्रचण्डले उल्लेख गरे । त्यस्तै अध्यक्ष प्रचण्डले आफूले यात्रा तय गरेको सुनसरीको हुलाकी मार्गमा रहेका जनताको समस्या सदनमा उठाउने समेत आश्वासन दिए ।

कार्यक्रममा नेताहरूले जनतासँग प्रत्यक्ष संवाद गर्दै, पार्टीको वर्तमान रणनीति, विकासका योजनाहरू, र आगामी गतिविधिहरूबारे जानकारी गराएका थिए। उनीहरूले मधेसको विकास, जनताको अधिकार र सामाजिक न्यायका मुद्दाहरूलाई पार्टीको प्राथमिकतामा राखिएको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर