प्रेमीद्वारा मोडलको गोली हानी हत्याको प्रयास

काठमाडौं । भारतको हरियाणाको साइबर सिटी गुरुग्राम शहरमा प्रेमीद्वारा मोडलको गोली हानी हत्याको प्रयास गरिएको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार शाइना नाम गरेकी मोडललाई उनको धीरज नाम गरेका प्रेमीले गोली हानेको खुलासा भएको हो ।

गोली लागेर अस्पताल भर्ना भएकी शाइना को अवस्था अझै नाजुक छ ।

चिकित्सकले उनलाई भाइब्रन्ट अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिरहेका छन् । यसैबीच धीरजले नै गोली हानेर उनलाई बेहोसी अवस्थामा अस्पताल पु र्‍याएको बताइएको छ । दिल्ली प्रहरीले धीरजको खोजी गरिरहेको छ ।

घटनाबारे जानकारी पाएपछि शाइनाका आमाबुवा अस्पताल पुगेका थिए । अस्पतालमा १२ घण्टाको शल्यक्रियापछि शाइनाको पेटबाट गोली निकालिएको थियो । शाइना बेहास अवस्थामा रहेको कारण अहिलेसम्म प्रहरीलाई घटनाबारे बयान दिन भने सकेकी छैनन् ।

प्रहरीले अस्पतालको सीसीटीभी फुटेजलाई भने नियन्त्रणमा लिएको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर