शिक्षामन्त्री भट्टराई अस्पतालमा भर्ना

काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई अस्पतालमा भर्ना भएकी छन् । घाँटीमा समस्या आएकाले मन्त्री भट्टराई त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी हुन् । अस्पतालका सहायक सूचना अधिकृत कालीप्रसाद रोसयाराले मन्त्री भट्टराईको घाँटीमा समस्या आएर शुक्रबारदेखि अस्पताल भर्ना भएको जानकारी दिए ।

उनी भन्छन्, ‘‘मन्त्री भट्टराईको घाँटीमा सामान्य समस्या देखिएकाले शुक्रबारदेखि अस्पतालमा भर्ना भएर उपचार गरिरहनुभएको छ ।’’ रोसायराका अनुसार उपचाररत मन्त्री भट्टराईको स्वास्थ्य सुधार हुँदै गइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर