‘ग्रामर गुरु’ चूँडामणि गौतमको निधन

काठमाडौं ।  ‘ग्रामर गुरु’ भनेर चिनिने भाषाविद चूँडामणि गौतमको निधन भएको छ । गौतमको ८१ वर्षको उमेरमा सोमबार काठमाडौंमा निधन भएको हो । उनको सोमबार साँझ उपचारका क्रममा निधन भएको पारिवार जनले जनाएको छ ।

गौतमले लेखेको अंग्रेजी भाषाको ग्रामर प्रख्यात छ । अंग्रेजी भाषालाई पृष्ठभूमि बनाएका गौतमले पछिल्लो समय नेपाली भाषामा पनि योगदान गरे । गौतमले ०७९ भदौ ११ गते ‘बृहत्तर नेपाली शब्दकोश’ विमोचन गरेका थिए । त्यसअघि गौतमले ‘विवादित वर्णविन्यासको नेपाली शब्दकोष’ पनि सार्वजनिक गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर