बागलुङमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु

काठमाडौं ।  बागलुङको बडिगाड गाउँपालिका ९ दर्लिङ खोलाको खहरे फुर्से धारामा पिकअप जिप हिजो सोमबार साँझ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लु ३ च ५५६९ नम्बरको जिप दुर्घटना हुँदा निसीखोला गाउँपालिका ७ का ७५ बर्षीय खड्कबहादुर कुँवर र ढोरपाटन नगरपालिका ५ नाथुरेका ३५ बर्षीया जुना कँडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

उनीहरुको बुर्तिबाङ प्रथामिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा परी बडिगाड गाउँपालिका ९का ६३ बर्षीय तेजकुमारी बुढाको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ । बडिगाड गाउँपालिका ९ की ५० बर्षीया निमसरा बुढा, ५२ बर्षीया यमकुमारी पौडेल, ३० बर्षीया सीता पौडेल, बडिगाड गाउँपालिका(९ दर्लिङका २३ बर्षीय हिमाल घर्ती घाइते भएको प्रहरीले जनाएको छ । ७ जना सवार जिप सडकदेखि ५० मिटर तल पिकअप खसेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर