विश्वकप छनोट अन्तिम दुई खेल आज

काठमाडौं । नामिबियामा जारी रहेको आईसीसी विश्वकप छनोट प्लेअफ प्रतियोगितामा आज बुधबार अन्तिम दुई खेल हुदैछ।

नामिबियाको विन्डोकमा रहेको वन्डुरस र युनाईटेड क्रिकेट मैदानमा समान १र१ खेल हुदैछ ।

वन्डुरस क्रिकेट मैदानमा हुने खेलमा जर्सी र युएईबीच खेल हुदैछ ।

युएईलाई अर्को चरण अर्थात विश्वकप छनोटमा स्थान बनाउन आजको खेल जित्नै पर्ने हुन्छ । यदी युएई पराजित भएमा नामिबियाले विश्वकप छनोटमा स्थान बनाउने छ ।

जर्सीको भने विश्वकप छनोटको सम्भावना सकिसकेकोले आजको खेल फराकिलो अन्तरमा जितेर एकदिवसीय अन्तराष्ट्रिय मान्यता लिने झिनो सम्भावना कायमै राख्न चाहन्छ ।

आज नै हुने अर्को खेलमा क्यानडा र पपुवा न्युगिनी(पीएनजी) खेल्दै छन् । खेल नामिबियाको युनाइटेड क्रिकेट मैदानमा हुनेछ ।

आजको खेल जितेर क्यानडा एकदिवसीय अन्तराष्ट्रिय मान्यता प्राप्ती सुनिश्चित गर्न चाहन्छ ।

अंकबिहिन रुपमा प्रतियोगिताबाट बाहिरीसकेको पीएनजी अन्तिम खेलमा सान्त्वना जित हात पार्न चाहन्छ ।

दुवै खेल नेपाली समय अनुसार दिउँसो सबा १ मा सुरु हुनेछ ।

अमेरिका विश्वकप छनोटमा स्थान बनाईसकेको छ भने नामिबिया र युएई मध्ये अर्को एक टोलीले विश्वकप छनोटमा स्थान बनाउने छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर