मुस्ताङ र रुकुम पूर्वमा हिमपातसँगै वर्षा

काठमाडौं । रुकुम पूर्वका उच्च हिमाली भुभागमा हिमपात र तल्लो भेगमा वर्षात सुरु भएको छ । हिमपातसँगै चिसो धेरै बढेको छ । यस वर्ष लामो समयसम्म खडेरी परेको थियो । फागुन महिनामा हिमपात भएपछि किसान खुशी भएका छन् ।कार्तिक महिनामा खेतबारीमा छरेको उवा, जौ, गहुँ खडेरीले सुकेको थियो तर अहिले हिमपात भएपछि किसानहरूको हर्षित भएका छन् ।  कार्तिक महिना खेतबारीमा छरेको उवा, जौ, गहुँ यस वर्ष राम्रो हुने आशा किसानहरूमा छ । आकाशे पानीको भर पर्नुपर्छ यस पटक समयम‌ा हिउँ नपरेकाले बालीनाली सुन् थालेको स्थानीयले बताएका छन् । सुरु वर्षहरूमा २(३ फिटसम्म हिउँ पर्थ्यो तर अहिले खासै पर्दैन् । जलवायु परिवर्तनले हिउँ पहिलाभन्दा छिटो पग्लिन थालेको स्थानीयको भनाइ छ । चिसोले उच्च भू-भागमा बिहानैदेखि चहलपहल घटेको थियो बेलुका पखदेखि हिमपात भएको छ ।

यता, मुस्ताङमा पनि भारी हिमपात भएको छ । जिल्लाका हिमाली भेगमा परेको हिउँले हिउँदे बाली सप्रने र पानीको स्रोतसमेत नसुक्ने स्थानीयहरू बताउँछन् । मुस्ताङको वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–१ खिङ्गा गाउँ क्षेत्रमा परेको हिमपातपछि आइतबार बिहान बस्ती र डाँडाकाँडा सुन्दर र रमणीय देखिएको छ । सशस्त्र प्रहरी मुस्ताङका जवानहरुले सडकमा परेको हिउँ पन्छाएर सवारी आवतजावतलाई सहज बनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर