खाँदा तीतो भए पनि करेला खानुको फाइदा जानिराखौं

काठमाडौं । खाँदा तीतो भए पनि करेला स्वास्थ्यका लागि अतिलाभदायक छ । करेला सेवन स्वास्थ्यका लागि राम्रो मानिन्छ । कम्तीमा हप्तामा एक पटक करेला खानुपर्छ । किनभने अन्य सब्जीको तुलनामा यसमा धेरै औषधिय गुण हुन्छ ।
करेलालाई स्वादिलो बनाउन फ्राइ गर्ने, तेलमा तार्ने गरिन्छ । धेरैजसोले त डिप फ्राइ गरेर करेला खाने गरेका छन् । यसले गर्दा करेलामा हुने तत्व नष्ट हुन्छ । सकेसम्म करेलालाई उसिनेर सेवन गर्नु राम्रो हो । यसलाई साँधेर सेवन गर्दा थप स्वादिलो पनि हुन्छ । ताजा करेलाको अचार, जुस बनाएर खान सकिन्छ ।
करेला खानुको फाइदा :
– शरीरमा कफ जम्मा भएमा करेला खानुपर्छ। करेलामा पाइने फस्फोरसले शरीरको कफ निकास गर्न सघाउ पुर्याउँछ।
– करेलाले पाचनशक्ति बलियो बनाउँछ र भोक जगाउँछ।
– करेला शितल खाद्य भएकाले गर्मी याममा करेला खाने गर्नु लाभदायक हुन्छ।
– दमको समस्या भएकाहरूले मसला नहालीकन पकाएको करेलाको तरकारी खानु राम्रो हुन्छ।
– पक्षघात भएकाहरूलाई काँचो करेला खुवाउँदा सुधारका संकेत देखा परेका उदाहरण पनि छन्।
– बान्ता, हैजा आदि भएमा करेलाको रसमा थोरै पानी र कालो नुन छरेर खाने गरेमा तुरुन्त लाभ मिल्छ।
– कलेजोसम्बन्धी समस्या भएकाहरूका लागि पनि करेलाको तरकारी ज्यादै उपयोगी हुन्छ।
– डायबेटिजको समस्या भएकाहरूका लागि करेलाको तरकारी उत्तम मानिन्छ। यसले शरीरमा चिनीको मात्रालाई नियन्त्रित गर्छ।
– करेला खाने गर्नाले रगत सफा हुन्छ। रगतमा हेमोग्लोबिनको मात्रा बढाउनका लागि पनि करेला खाने गर्नुपर्छ।
– बाथ रोग भएमा अथवा हातखुट्टा पोल्ने गरेमा काँचो करेलाको झोलले मालिस गरेमा फाइदा पुग्छ।