जन्ती पुर्‍याएर फर्किने क्रममा बस दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु, एक गम्भीर घाइते

काभ्रेपलाञ्चोक ।  जन्ती पुर्‍याएर फर्किएको बस तेमाल गाउँपालिका- ३ स्थित कुँडालमा आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार तेमाल गाउँपालिका- १ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर