चेल्सी र लिभरपुलको बराबरी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र लिभरपुलले बराबरी खेल्दै अंक बाडेका छन् ।

मंगलबार राति भएको खेलमा चेल्सी र लिभरपुलले गोलरहित बराबरी खेलेका हुन् ।

यस बराबरीसँगै चेल्सीले २९ खेलमा ३९ अंक जोडेको छ ।

चेल्सी लिगको ११ औं स्थानमा रहेको छ ।

लिभरपुल २८ खेलमा ४३ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

प्रिमियर लिग अन्तर्गत नै एस्टन भिल्लाले लेस्टर सिटीलाई २-१ ले हराएको छ ।

लिड्स युनाईटेडले नटिङघम फरेस्टलाई २-१ ले नै हराएको छ ।

त्यस्तै ब्राइटनले बर्नेमाउथलाई २-० ले हराएको छ ।एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर