पाकिस्तान फेरि पनि टुक्रिन सक्ने इमरान खानको चेतावनी

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले पाकिस्तान विनाशतर्फ गइरहेको र पूर्वी पाकिस्तान (वर्तमान बंगलादेश) जस्ता अवस्था फेरि उत्पन्न हुन सक्ने चेतावनी दिएका छन् । इमरान खानले सत्तारुढ गठबन्धनले आफ्नो पार्टीविरुद्ध षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।

इमरान खानलाई इस्लामावाद उच्च अदालत परिसरबाट पक्राउ गरेपछि पाकिस्तानका विभिन्न ठाउँमा हिंसाका घटना भएका थिए । जसको विरुद्ध अहिले सेना र प्रहरी प्रशासनले कारबाही गरिरहेको छ र ठूलो संख्यामा पीटीआई कार्यकर्ता र नेताहरु पक्राउ परेका छन् । इमरान खानले बुधवार लाहोरको जमान पार्कमा रहेको आफ्नो निवासबाट एउटा भिडियो सार्वजनिक गर्दै भनेका छन्, ‘मलाई देश विनाशतर्फ जाँदैछ भन्ने दुःस्वप्न आइरहेको छ । म सत्तामा रहेका शक्तिहरुलाई निर्वाचन गराई देश बचाउन आग्रह गर्दछु । यो सारा कोलाहल र राजनीतिक अस्थिरताको एउटै उपाय छ कि निर्वाचन होस् ।”

इमरानले भने, “पीडीएम (पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट) नेता र लन्डनमा बस्दै आएका नवाज शरीफले संविधानको अपमान, सरकारी संस्थाको विनाश र पाकिस्तानी सेनाको मानहानीको वास्ता गर्दैनन्। उसले आफ्नो नाफा मात्र हेर्छ र लुटिएको धन बचाउन खोज्छ ।”
पीटीआई प्रमुखले भनेका छन्, ‘यो महत्वपूर्ण समय हो, जब सत्तामा बसेका शक्तिहरूले संवेदनशील भएर सोच्नुपर्छ, अन्यथा देशमा फेरि एकपटक पूर्वी पाकिस्तान जस्तो अवस्था आउन सक्छ ।”

बंगलादेश पहिले पाकिस्तानको हिस्सा थियो र त्यसलाई पूर्वी पाकिस्तान भनेर चिनिन्थ्यो। पूर्वी पाकिस्तानमा पश्चिम पाकिस्तानी शासनविरुद्ध आक्रोश थियो र मुजिबुर रहमानले त्यस क्रोधलाई क्रान्तिमा परिणत गरे। यसपछि सन् १९७१ को युद्धमा भारतले पाकिस्तानलाई पराजित गर्‍यो र पूर्वी पाकिस्तान पाकिस्तानबाट छुट्टिएर बंगलादेश बनेको थियो । (एजेन्सी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर