नेप्से अघिल्लो दिनको तुलनामा ११.९१ अंकले बढ्याे

काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ११.९१ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २७३९ मा कायम भएको छ ।

बजारको परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १० अर्ब ४ करोडको कारोबार भएकोमा आज १० अर्ब ४३ करोडको भयो ।

८७ कम्पनीको मूल्य बढ्दा १४९ को घट्यो भने ८ को स्थिर रह्यो । यस दिन अन्य समूह सबैभन्दा धेरै ३.६७ प्रतिशत बढ्यो । यो सेक्टरमा सूचीकृत दुई पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्स र नेपाल पुनर्बीमाको मूल्य क्रमशः ६.८ र ४.३ प्रतिशतले बढ्दा समग्र सेक्टरमा उल्लेख्य वृद्धि देखिएको हो ।

बैंकिङ ०.२२, लगानी १.२४, जीवन बीमा १.७४, निर्जीवन बीमा ०.३० र व्यापार समूह ०.४१ प्रतिशत बढे । विकास बैंक सेक्टर सबैभन्दा धेरै १.७४ प्रतिशत घट्यो । फाइनान्स १.५, होटल तथा पर्यटन १.०४, हाइड्रोपावर ०.१३, उत्पादन ०.०६, माइक्रोफाइनान्स ०.७९ प्रतिशत घटे ।

४ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, इमर्जिङ नेपाल र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स छन् । लाइफ इन्स्योरेन्स कर्पोरेसनको मूल्य ७.३ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, पिपुल्स हाइड्रोपावर र सीईडीबी होल्डिङ्स छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर