चमत्कार : विमान दुर्घटनामा चार बालबालिका जीवितै फेला पर्‍यो

काठमाडौं । कोलम्बियाको अमेजन जंगलमा गत मे १ तारिखका दिन एउटा विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो। त्यसयता दुर्घटनाग्रस्त विमानको खोजी अभियान चलिरहेको थियो । दुर्घटना भएको झण्डै दुई सातापछि बुधबार चार बालबालिका जीवितै फेला परेका छन् । यो अचम्म र चामत्कारिक घटनाको जानकारी राष्ट्रपति गुस्ताभो पेट्रो स्वयंले दिए ।

राष्ट्रपति पेट्रोले भने, “सेनाले कठिन खोजी अभियान चलायो र आज उनीहरूले विजय प्राप्त गरे। यो देशका लागि खुसीको कुरा हो । झण्डै दुई साताअघि भएको दुर्घटनापछि कोलम्बियाको घना अमेजन जंगलमा बुधबार चार बालबालिका जीवितै फेला परेका छन् । ”
अधिकारीहरूले स्निफर कुकुरहरूको साथ खोजी अभियानमा १०० भन्दा बढी सैनिकहरू संलग्न थिए । गत मे १ मा भएको विमान दुर्घटनापछि बेपत्ता भएका बालबालिकाको खोजीमा सबै नागरिकहरू पनि आ–आफ्नो क्षमतानुसार जुटेको थियो ।

दुर्घटनामा तीन वयस्कको मृत्यु भएको थियो। दुर्घटनापछि बालबालिका दक्षिणी काक्वेटाको जङ्गलमा घुमिरहेको अधिकारीहरूले बताएका छन् । यी बालबालिकाको उमेर ४, ९ र १३ वर्ष रहेको बताइएको छ । र एउटा बच्चा मात्र ११ महिनाको छ। खोजी कार्यका क्रममा एक बालकको पिउने बोतल र आधा खाएको फल फेला परेको थियो । त्यसपछि खोजी तीव्र पारिएको थियो । यसअघि गत सोमबार र मंगलबार सैनिकहरूले पाइलट र दुई वयस्कको शव फेला पारेका थिए। मृतक यात्रुमध्ये एक मुकुटुई चार सन्तानकी आमा थिइन् । (एजेन्सी) (तस्बिरः सांकेतिक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर