शंखरापुर बस दुर्घटना : १० वर्षीय सनसाइन तामाङको उपचारको क्रममा मृत्यु

काठमाडौं । शंखरापुर नगरपालिका–५ मा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ।
सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-६ घर भई हाल बौद्ध बस्ने १० वर्षीय सनसाइन तामाङको उपचारको क्रममा मृत्यु भएको हो।उनको उपचारको क्रममा मेडिसिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए।
उनको मृत्यु भएसँगै मृतकको संख्या चार पुगेको छ। यस अघि मोरङ उर्लाबारी नगरपालिका-७ का ११ वर्षीय क्रिसल पुरी, सिन्धुपाल्चोकका-१४ वर्षीया शुशाङ्का डोटेल र सिन्धुपाल्चोक बलेफी गाउँपालिका-७ का २४ वर्षीय सुरेश तामाङको मृत्यु भएको थियो।
प्रतिक्रिया