अस्पतालले बन्द गर्‍यो अर्थमन्त्री पौडेल र मेयर आचार्यसँगको भेटघाट

 काठमाडौं । कीर्तिपुर अस्पतालमा उपचाररत उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यसँगको भेटघाटका कार्यक्रम बन्द गरिएको छ ।

अस्पतालले विज्ञप्ति जारी गर्दै संक्रमण बढ्ने जोखिम भएकाले अहिलेलाई भेटघाटका कार्यक्रम बन्द गरिएको जनाएको छ ।

अस्पतालका निदेशक डा. किशोर नकर्मी र मेडिकल डाइरेक्टर डा. निजीता ताम्राकारले जारी गरेको विज्ञप्तिमा उल्लेख भए अनुसार हिजोको तुलनामा उनीहरूको स्वास्थ्य सुधार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर