सुनको मूल्य २ हजार ७ सयले घट्यो

काठमाडौं । आज आईतबार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा २ हजार ७ सय रुपैयाँ घटेको हो ।
शुक्रबार तोलाको १ लाख ७० हजार २०० रुपैयाँ रहेकोमा आइतबार २ हजार ७ सय रुपैयाँले घट्दै १ लाख ६७ हजार ५ सय रुपैयाँ प्रति तोला कायम भएको हो ।
आज चाँदीको मूल्य पनि सामान्य अंकले घटेको छ । शुक्रबार १ हजार ९७० रुपैयाँ कायम भएकोमा आइतबार १ हजार ९५५ रुपैयामा कारोबार भइरहेको छ ।
प्रतिक्रिया