दाङमा सवारी दुर्घटना : एक जनाको मृत्यु

काठमाडौं । दाङमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दाङको देउखुरीमा आज बिहान दुई बस एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमका अनुसार रोल्पा रुन्टीगढी– ७ निवासी ४३ बर्षीया शोभा परियारको घटनास्थलमा नै मृत्यु भएको हो । सो दुर्घटनामा परी दर्जनभन्दा बढी घाइते हुन पुगेका छन् ।

लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र वीरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका–३ फल्कापुरमा बिहान एक आपसमा ठोक्किएर सो दुर्घटना भएको हो ।

भालुवाङतर्फ जाँदै गरेका बसका चालक तुल्सीराम रामिजाल गम्भीर घाइते हुन पुगेका छन् । दुई दर्जनभन्दा बढी घाइते भएको उल्लेख गर्दै प्रहरीले ११ जनाको भने अवस्था गम्भीर रहेपछि नेपालगञ्ज लगायतका स्थानमा थप उपचारका लागि पठाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर