बायर्न जर्मन कपबाट बाहिरियो

काठमाडौं । बायर्न म्युनिख जर्मन कप फुटबलको क्वाटरफाइनलबाट बाहिरिएको छ ।

मंगलबार राति फ्रेइबर्गसँग २-१ ले पराजित हुँदै २० पटकको च्याम्पियन बायर्न बाहिरिएको हो ।

खेलमा सुरुआती अग्रता समेत बायर्नले बनाएको थियो ।

१९ औं मिनेटमा डायोट उपमिकानोले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए ।

तर, २७ औं मिनेटमा निकोलस होफ्लरले गोल गर्दै फ्रेइबर्गलाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ९० औं मिनेटमा लुकास होलरले पेनाल्टीमार्फत गोल गर्दै फ्रेइबर्गलाई २-१ को जित दिलाए । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर