अध्यादेशबारे सत्तारुढ दलहरूको बैठक बस्दै

काठमाडौं । सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज आइतबार बस्दैछ। प्रधानमन्त्रीनिवास बालुवाटारमा अपराह्न ५ बजे बस्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले संयन्त्रको बैठक बोलाएका छन्।
बैठकमा सरकारले हालै जारी गरेको अध्यादेशलाई संसद् बैठकबाट प्रतिस्थापन गर्नेलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ । सत्तारुढ दलहरूले सरकारलाई सफल बनाउने उद्देश्यले प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित कार्तिक १५ गते आठ सदस्यीय उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरेका थिए । बैठकमा सरकारले हालै जारी गरेका ६ वटा अध्यादेशमा देखिएको गतिरोधलगायत विषयमा छलफल हुने सत्तारुढ दलका एक नेताले जानकारी दिए। (तस्बिर : फाइल)
प्रतिक्रिया