आगलागीबाट खानेपानीमन्त्रीको कार्यकक्षका सरसामान जले

काठमाडौं। सिंहदरवारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ । बिहान ८ बजेतिर लागेको आगो करिव आधा घण्टामा नियन्त्रणमा आएको छ ।
काठमाडौ महानगरपालिकाको दमकल समेतको सहयोगमा सिंहदरवार भित्रका सुरक्षाकर्मीहरुले आगो नियन्त्रणमा लिएका हुन् । आगलागीबाट भौतिक पूर्वाधार मन्त्रालय रहेको भवनको चौथो तलाको खानेपानी मन्त्रालयमा सामान्य क्षति भएको छ । आगलागीबाट मन्त्रीको कार्यकक्षमा रहेका सरसामान जलेका छन् । आगलागीको कारण र क्षतिको विस्तृत विवरण थाहा हुन सकेको छैन ।
प्रतिक्रिया