युरोपा लिगको फाइनलमा सेभिया र रोमा भिड्ने

काठमाडौं । युरोपा लिग फुटबलको फाइनलमा स्पेनिस क्लब सेभिया र इटालियन क्लब रोमाबीच प्रतिस्पर्धा हुने भएको छ।

सेभियाले युभेन्ट्स र रोमाले बायर लिभरकुसेनलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । बुडापेस्टमा हुने फाइनल खेल मे ३१ मा हुनेछ ।

सेभियाले बिहीबार राति सेमिफाइनलको दोस्रो लेगमा युभेन्ट्सलाई २-१ ले हराएको हो । सेभिया समग्रमा ३-२ ले विजयी भयो ।

सेभियाका लागि दोस्रो लेगमा सुसो र एरिक लामेलाले गोल गरे । युभेन्ट्सका डुसन भ्लाहोभिचले एक गोल फर्काए ।

यस्तै रोमाले दोस्रो लेगमा लिभरकुसेनसँग गोलरहित बराबरी खेल्यो । तर, पहिलो लेगमा निकालेको जितका कारण रोमाले समग्रमा १-० ले विजयी हुँदै फाइनलमा स्थान बनाएको हो । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर