रविलाई ५४ लाख धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतको आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतले आदेश दिएको छ।
चितवनको सहारा सहकारी ठगी प्रकरणमा लामिछानेलाई सो धरौटी रकम लिएर रिहा गर्न आदेश भएको सो पार्टीका सांसद हरि ढकालले जानकारी दिए ।
अहिले धरौटी बापतको रकम जुटाउने तयारी भइरहेको र सो रकमबराबरको बैंक ग्यारेन्टी बुझाउने तयारी भएको सांसद ढकालले बताए ।
प्रतिक्रिया