नेप्से सामान्य अंकले घट्दा कारोबार रकम बढ्यो

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । यसदिन नेप्से ४.४५ अंकले घटेर दुई हजार ७११ बिन्दुमा बजार बन्द भएको छ ।

आज कारोबार रकम भने बढेको छ । मंगलबार  ८ अर्ब ९१ करोड ९६ लाख रुपैयाँ बराबरको १ करोड ६९ लाख १७ हजार ८३५ कित्ता शेयर किनबेच भएकोमा आज कारोबार रकम सामान्य बढेको हो । यसदिन ८ अर्ब ९५ करोड ८० लाख रुपैयाँ बराबरको १ करोड ९१ लाख ८१ हजार ४१४ कित्ता शेयर कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर