रोनाल्डो आबद्द अल नसरले साउदी प्रो लिग फुटबलमा फराकिलो जित

काठमाडौं । क्रिस्टियानो रोनाल्डो आबद्द अल नसरले साउदी प्रो लिग फुटबलमा फराकिलो जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा नसरले अल अद्लाहलाई ५-० गोल अन्तरले हराएको हो ।

नसरको जितमा रोनाल्डो र टेलिस्काले दुई दुई गोल गरे । यमन याह्याको नाममा एक गोल रह्यो ।

खेलको ४० औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका रोनाल्डोले ६६ औं मिनेटमा दोस्रो गोल गरेका थिए ।

यस्तै टेलिस्काले ५५ औं र ७८ औं मिनेटमा गोल गरेका थिए ।

यमनले खेलको इन्जुरी समयमा एक गोल थप्दा नसरले फराकिलो जित निकालेको हो ।

जितसँगै नसरले २२ खेलमा ५२ अंक जोडेको छ ।

नसर लिगको दोस्रो स्थानमा रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर