वीर अस्पतालका चिकित्सकहरूको आन्दोलन फिर्ता

काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का आवासीय चिकित्सकहरुले तीन महिनादेखि रोकिएको निर्वाह भत्ता पाएका छन्। न्याम्समा आर्थिक र प्रशासनिक अधिकारसहित निमित्त उपकुलपतिको जिम्मेवारी पाएका डा. भुपेन्द्र बस्नेतले रोकिएको निर्वाह भत्ता पठाएका हुन्।

डा= बस्नेत बुधबार निमित्त उपकुलपति नियुक्त भएका थिए। न्याम्समा पदाधिकारी रिक्त हुँदा आवासीय चिकित्सकले तीन महिनादेखि निर्वाह भत्ता पाएका थिएनन्। जसका कारण उनीहरुले आन्दोलन सुरु गरेका थिए। डा= बस्नेतले बिहीबार निर्वाह भत्ता बैंकमा पठाएसँगै आवासीय चिकित्सकले आन्दोलनका कार्यक्रमसमेत फिर्ता लिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर