आत्महत्या गर्न लागेका एक युवकको जीवितै उद्धार

काठमाडौं । रामेछाप जिल्लाको मन्थली नगरपालिका १ आकाशेस्थित तामाकोशी नदीको पक्की पुलबाट हामफाली आत्महत्या प्रयास गर्ने एक जनालाई जेठ ४ गते सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ ।

सोही नगरपालिका ७ वडारे बस्ने २५ वर्षीय हर्कमान माझी पुलबाट नदीमा हाम फालेको देख्नासाथै सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म रामेछापबाट सशस्त्र प्रहरी नायब निरीक्षक केदारराज खड्काको कमान्डको टोलीले नदीबाट बाहिर निकाली निजलाई जीवितै उद्धार गरेको हो । उनलाई उपचारका लागि मन्थली अस्पतालमा पठाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर