भोलि संसदीय कार्य व्यवस्था समितिको बैठक बस्ने

काठमाडौं । सभामुख देवराज घिमिरे र प्रमुख राजनीतिक दलका प्रमुख सचेतकको बैठकले मङ्गलवार कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाउने निर्णय गरेको छ । आजको बैठकमा भोलि बोलाएको समितिको बैठकको एजेन्डाबारे छलफल भएको सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाले बताए । यस्तै, आजैको बैठकले यो महिनासम्म चल्ने संसद् बैठकको क्यालेन्डर पनि तय गरिएको उनले बताए ।
बैठकको पहिलो दिन अध्यादेशहरू पेस हुने सचेतक बर्तौलाले जानकारी दिए । त्यसपछि माघ २२, २३ र २४ गते लगातार संसद् बैठक बस्नेछ । उनका अनुसार माघ २५,२६ र २७ गते संसदीय समितिको बैठकहरू बस्न समय छुट्याइएको छ भने २९ र ३० गते पुनः संसद् बैठक बस्ने गरी तय गरिएको छ । आगामी माग १८ गते संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ ।
प्रतिक्रिया