लामिछाने १ करोड धरौटी बुझाएर रिहा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले १ करोड धरौटी बुझाएर रिहा भएका छन्।
बैंक ज्ञारेन्टीमार्फत उनले अदालतमा धरौटी बुझाएका हुन्।
बुटवलको सुप्रिम सहकारीमा रकम अपचलन गरेको आरोप लागेका रविलाई रुपन्देही जिल्ला अदालतले १ करोड धरौटी माग गरेको थियो।
सोही अनुसार उनी आइतबार नै बैंक ग्यारेन्टीमार्फत १ करोड धरौटी बुझाएर रिहा भएका हुन्। गत बुधबारदेखि भएको बयान, थुनछेक र जवाफी बहसपछि आज न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले सो आदेश गरेको हो।
यस्तो छ आदेश :
प्रतिक्रिया