१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बझाङ । बझाङमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले गए राति एक जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा छबिसपाथिभेरा गाउँपालिका–१ बस्ने २४ वर्षीय धर्म राज गिरी रहेका छन् ।

गिरीले ती किशोरीलाई शनिबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर