अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ५ जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट ५ जनालाई पक्राउ गरेको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिका–१ आँपगाछी बस्ने २७ वर्षीय दुर्गेश चौधरीलाई प्रहरीले ७ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित शनिबार दिउँसो पक्राउ गरेको छ । प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–३ बाट प्रहरीले ८ सय ६० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित २ जनालाई शनिबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–८ बस्ने २४ वर्षीया ललिता राना र २४ वर्षीया मनिता चौधरी रहेका छन् । प्रहरीले से. ६ प ६०४५ नम्बरको मोटरसाइकलमा आएका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यस्तै, दाङको तुल्सीपुर उपमहानगरपालिका–६ घोराहीरोडबाट प्रहरीले १ सय २० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित सोही उपमहानगरपालिका–६ गाइडर बस्ने २१ वर्षीय सन्तोष बिकलाई शनिबार बेलुकी पक्राउ गरेको छ । प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी, सिराहाको मिर्चैया नगरपालिका–६ भगतपुरबाट प्रहरीले ७५ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित सोही नगरपालिका–५ बस्ने २९ वर्षीय भोला पंजियारलाई शनिबार साँझ पक्राउ गरेको छ । प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।