रवि लामिछाने अदालतको हाजिरी जमानीमा छुटे

काठमाडौं ।  रूपन्देही जिल्ला अदालतले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगातार तेस्रो दिन हाजिर जमानीमा छाड्न आदेश दिएको छ।

“प्रतिवादीका तर्फबाट बहस नसकिएकाले आइतवार पुनः बहसले निरन्तरता पाउने छ। हाजिरी जमानीमा छाड्ने अस्तिको आदेश कायम छ”, अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले भने। बुधवार बयान लिइएको अदालतमा बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा बिहीवार र शुक्रवार थुनछेक बहस भएको हो।
थुनछेक बहसको पहिलो दिन बिहीवार सरकारी वकिल र जाहेरवालाका तर्फबाट केही वकिलले मात्र बहस गर्न भ्याएका थिए। शुक्रवार प्रतिवादीका तर्फबाट केही वकिलले बहस गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर