आज बुधबार नेप्से परिसूचकमा उच्च अंकको वृद्धि
काठमाडौं । साताको चौथो कारोबार दिन आज बुधबार नेप्से परिसूचकमा उच्च अंकको वृद्धि भएको छ । आइतबार १२.५८ अंक र सोमबार ६.७८ अंक र मंगलबार ५.०८ अंकले बजार बढेकोमा आजका दिन ५२.३६ अंकले बजार बढेको हो । बजार खुलेदेखि नै निरन्तर बढ्दै गएर यसदिन नेप्से दुई हजार ६६५.४५ अंकमा बन्द भएको छ । बुधबार सबै सूचकमा हरियाली देखिएको छ । आज सेन्सेटिभ इन्डेक्स ८.६५, फ्लट इन्डेक्स ३.२२ र सेन्सेटिभ इन्डेक्स २.६७ अंकले बढेको छ ।
नेप्सेसँगै यसदिन कारोबार रकम पनि बढेको छ । आज ९ अर्ब २० करोड ३० लाख रुपैयाँ बराबरको १ करोड ७६ लाख ९२ हजार ८१९ कित्ता शेयर कारोबार भएको छ । आज कर्पोरेट डेभलपमेन्ट बैंक र दोल्ती पावर कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने बाराही हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ८.२१ प्रतिशत गुमाएका छन् ।