प्रयाग महाकुम्भ मेलामा करोडौं धर्मावलम्बीहरूको जमघट

काठमाडौं ।  भारतको प्रयागराजमा हरेक १२ वर्षमा आयोजना हुने कुम्भ मेलाका क्रममा सोमबार एक करोडभन्दा बढी मानिसहरूले पवित्र स्नान गरेका छन् । सोमबारदेखि ६ सातासम्म चल्ने मेलामा हिन्दु धर्मावलम्बीहरूले भारतको सबैभन्दा पवित्र नदी मानिने गङ्गा, यमुना र पौराणिक सरस्वती नदीको सङ्गममा स्नान गर्ने गर्छन् । पवित्र नदीहरूको सङ्गममा स्नान गर्दा पाप मोचन हुने र आत्मा शुद्ध हुने जनविश्वास छ । ४५ दिनसम्म चल्ने कुम्भ मेलामा करिब ४० करोड तीर्थयात्रीले स्नान गर्ने अनुमान छ । मेलामा सहभागी धर्मावलम्बीहरूको ताँती अन्तरिक्षबाट देख्न सकिने बताइएको छ ।

स्थानीय अधिकारीहरूले भारतीय समयानुसार सोमबार पौष पूर्णिमाका दिन दिउँसोसम्म एक करोड तीर्थयात्रीले स्नान गरेको जनाएका छन् । मङ्गलवार २ करोडले स्नान गर्ने अनुमान आयोजकको छ । ज्योतिषीहरूले निश्चित ग्रह र नक्षत्रहरूका आधारमा नुहाउने मिति र शुभ समय तय गरेका छन् । त्यसका आधारमा स्नानका लागि सोमबारबाहेक अन्य पाँच दिन शुभ रहेको जनाइएको छ ।

कुम्भ मेला हिन्दु धर्मावलम्बीहरूको एक महान स्नान पर्व हो। यो मेला पृथ्वीमा जम्मा १२ स्थानमा लगाउन सकिने कुरा शास्त्रहरूले इङित गरेका भए पनि हाल सम्म जम्मा ५ वटा स्थान मात्र पत्ता लागिसकेका छन । ती ५ स्थानमध्ये भारतका ४ ठाउँमा प्रत्येक ३-३ वर्षको अन्तरालमा लाग्दछ भने १ कुम्भ स्थल नेपालमा पर्दछ । तीप्रयाग महाकुम्भ मेलामा करोडौं धर्मावलम्बीहरूको जमघट स्थानहरू निम्न प्रकार रहेका छन् ।

इलाहावाद (उत्तर प्रदेश)

उज्जैन (मध्य प्रदेश)

नासीक (महाराष्ट्र)

हरिद्वार (उत्तराखण्ड)

चतराधाम (बराहक्षेत्र,सुनसरी नेपाल)

यो मेला एक स्थानमा प्रत्येक १२ वर्षमा लाग्ने गर्दछ । हिन्दू धर्मका सबै ग्रन्थहरूमा कुम्भ मेलाको बर्णन गरिएको पाइन्छ । धर्म ग्रन्थका अनुसार जो मानिस कुम्भमा स्नान गर्दछ त्यो मानिस सम्पूर्ण पापहरूबाट मुक्त भएर पुण्यको भागी बन्नेछ भन्ने मान्यता रहेको छ । कुम्भ मेलामा विश्वका करोडौँ हिन्दूहरू पुण्य प्राप्तिका लागि स्नानार्थ कुम्भ स्थानमा पुगी स्नान गर्दछन् ।

भारतका ४ कुम्भमेलाका सन्दर्भमा सूर्य, चन्द्र एकै राशिमा परेको, बृहस्पति वृष राशि तथा मौन अमावश्या र श्रीपञ्चमीको बीचमा कुम्भ सङ्क्रान्ति परेका अवस्थामा महाकुम्भ योग पर्छ र यसैलाई महाकुम्भ भनिन्छ । यो वि.स २०६९ मा परेको थियो । यस भन्दा अघि, २५६ वर्ष पहिले यस्तै योग परेको थियो । आगामी १४४ वर्षमा यस्तै योग पर्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर