“क्यान्टोनमेन्टमा भ्रष्टाचार भएकै छैन, भए म जेल जान तयार छुँ”

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वलडाकु शिविर (क्यान्टोनमेन्ट) मा भ्रष्टाचार गरेको आरोप पूर्वाग्रही भएको बताएका छन् । तर यो विषयमा कसैले दिएको उजुरीमा दोषी देखिए आफू जेल जानसमेत तयार रहेको उनले बताए ।

प्रतिनिधिसभामा बिहीबार भएको प्रश्नोत्तरमा प्रधानमन्त्री प्रचण्डले पूर्वलडाकू शिविरको भौतिक पूर्वाधार र रासन पानीका लागि दिएको सम्पूर्ण रकमको अडिट भएको रेकर्डमै रहेको स्मरण गराउँदै उनले भने, ‘त्यतिबेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री, डा. रामशरण महत अर्थमन्त्री हुनुहुन्थ्यो । उहाँहरुले रुजु गरिसकेको यो विषयलाई राजनीतिक आग्रह पूर्वाग्रहका साथ उठाउने गरेको देख्दा म आफैं आश्चर्यमा परेको छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर