प्रधानमन्त्री ओली स्वर भासिने समस्याबाट बिरामी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वर भासिने समस्याबाट बिरामी भएका छन् । प्रधानमन्त्री ओलीलले घाँटीमा समस्या आएपछि आजका आफ्ना सबै सार्वजनिक कार्यक्रम स्थगित गरेका छन् । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार स्वर भासिनुबाहेक अरू ठूलो कुनै स्वास्थ्य समस्या देखिएको छैन । स्वर भासिएकै कारण प्रधानमन्त्री ओली सशस्त्र प्रहरीको २४औँ दिवसको कार्यक्रममा पनि सहभागी भएनन् । चिकित्सकको सल्लाहअनुसार अहिले उनी आराम लिएर बसेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर