जघन्य अपराधमा कसैलाई उन्मुक्ति नदिइने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले द्वन्द्वकालीन समयमा भएका जघन्य अपराधमा सरकारले कसैलाई पनि उन्मुक्ति नदिइने बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले संक्रमणकालीन न्यायसम्बन्धी प्रक्रिया अब सहमतिमा नै टुङ्गोमा पुग्ने बताए। प्रधाननमन्त्रीले प्रमुख दलहरुका बीचमा संक्रमणकालीन न्याय छिटै टुङ्गोमा पुर्‍याउने गरी विधेयक पनि अघि बढेको पनि बताए ।

सरकार शान्तिपूर्ण रुपमा संक्रमणकालीन न्याय टुंग्याउन तत्पर रहेको र संसद्‌मा रहेको बेपत्ता पारिएका व्यक्तिको छानबिनसहित दुवै आयोगको विधेयक छलफलमै रहेको प्रधानमन्त्रीले बताए।
आफूले अन्य दलहरुसँग पनि यसको विषयमा छलफल गरेको र सहमतिबाट नै विधेयक पारित गरेर शान्तिप्रक्रियाको काम छिटोभन्दा छिटो पूरा गर्न दृढ रहेको प्रधानमन्त्रीको भनाइ थियो।

 

उनले विस्तृत् शान्ति सम्झौता हुँदा दिवंगत गिरिजाप्रसाद कोइराला र आफूले यही हलमा सम्झौता गर्दा अन्तरिम संविधानको अङ्ग बनाएपछि एकैपटक समाधान गर्नुपर्ने कुरा गरेको बताए। उनले यसलाई ‘फर्गेट र फर्गिभ’ गर्ने कुरा पनि आएको, तर आफूले यसो गर्न हुँदैन भन्दै जघन्य अपराधमा संलग्न कसैलाई पनि उन्मुक्ति नदिने भनी आफूले मनाएको दावी गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर