म्यानमारले एक अर्ब डलरको हतियार किनेको खुलासा

काठमाडौं । म्यानमारको सैनिक सरकारले सत्ता हातमा लिएपछि एक अर्ब डलर बराबरको हतियार खरिद गरेको खुलासा भएको छ ।

राष्ट्रसंघीय विशेषज्ञ टोलीले सन् २०२१ फेब्रुअरी १ मा सत्ता कब्जा गरे यता सैनिक सरकारले चीन, रुस, सिंगापुरलगायत देशहरुबाट एक अर्ब डलरको हतियार किनेको दावी गरेको हो ।

रुसबाट ४० करोड डलर बढी, चीनबाट २५ करोड डलर बढी र सिंगापुरबाट २५ करोड डलर बढीको हतियार विक्री भएको दावी पनि राष्ट्रसंघीय टोलीको रिपोर्टमा गरिएको छ । यस्तै, भारतबाट ५ करोड डलर बढी र थाइल्याण्डबाट झण्डै ३ करोड डलर बराबरको हतियार म्यानमार पुगेको पनि राष्ट्रसंघीय मानव अधिकार प्रतिनिधि टम एन्ड्रयुले बताएका छन् ।

खरिद गरिएका सामग्रीमा अत्याधुनिक हतियार, सेनाका लागि संचार सामग्री र दोहोरो प्रयोग हुने खालको प्रबिधि रहेको जनाइएको छ । रुस, चीन र भारतका सरकारी स्वामित्वका संस्थाले म्यानमारलाई हतियार विक्री गरेको भन्दै राष्ट्रसंघले ती देशहरुको आलोचना पनि गरेको छ ।

सत्ता कब्जा गरेपछि ब्यापक धरपकड गरी हजारौं प्रजातन्त्र समर्थकलाई जेल हालेको सैन्य सरकारले मानव अधिकार क्षेत्रमा सुधार गर्नुको साटो हतियार खरिद गरेको राष्ट्रसंघीय प्रतिनिधिले बताएका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर