आज बिहीबार पनि सुनको मूल्य ओरालो लाग्यो

काठमाडौं । आज बिहीबार पनि सुनको मूल्य घटेको ‍छ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य भने स्थिर रहेको छ।

आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर कारोबार भइरहेको छ। छापावाल सुनको मूल्य आज एक लाख ९ हजार ७८ सय, तेजाबी सुनको मूल्य एक लाख ९ हजार २ सय र चाँदीको मूल्य १३ सय ७० रुपैयाँ तोलामा स्थिर छ।

बुधबार छापावाल सुन एक लाख १० हजार र तेजाबी सुन एक लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर