वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको निन्दा

काठमाडौं । डेमोक्र्याटिक लयर्स एसोसिएशन (डिएलए) नेपालले अदालतभित्र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको निन्दा गर्दै यो कानूनी शासन र लोकतान्त्रिक पद्धतिविपरीत भएको जनाएको छ ।

एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसी र महासचिव अधिवक्ता ज्ञानेन्द्रप्रसाद अधिकारीद्वारा आज जारी प्रेस विज्ञप्तिमा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको मुद्दामा पीडितको तर्फबाट बहसपैरवी गरी अदालतबाट बाहिरिने क्रममा त्रिपाठीमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । “कानून व्यवसाय स्वतन्त्र न्यायपालिकाको अङ्ग हो, अदालतमा उपस्थित भई पक्षको तर्फबाट स्वतन्त्र र निर्भीक रूपमा बहस, पैरवी गर्नु कानून व्यवसायीको संवैधानिक तथा कानूनी अधिकार हो”, एसोसिएसनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

एसोसिएसनले काठमाडौंं जिल्ला अदालतबाट बाहिरिने क्रममा त्रिपाठीमाथि भएको हुलदङ्गा, लछारपसार, कुटपिट तथा नाराबाजी स्वतन्त्र न्यायपालिका, कानूनी शासन र लोकतान्त्रिक पद्धतिविपरीत भएको भनी विज्ञप्तिमार्फत उल्लेख गरेको छ । यस्तो गतिविधिमा संलग्न हुनु गैरकानूनी रहेको भन्दै एसोसिएसनले सोको भर्त्सना गरेको हो । वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्ने व्यक्तिको पहिचानसहित तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न एसोसिएशनले विज्ञप्तिमार्फत सरकारसँग अनुरोध गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर