बाह्रै महिना मेलम्चीको पानी आपूर्ति जारी रहने : मन्त्री यादव

काठमाडौं  । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको पानीको आपूर्ति अब बन्द नहुने बताएका छन्।  ललितपुरमा बिहीबार  आयोजित एक कार्यक्रममा मन्त्री यादवले विगतमा वर्षात‍्को समयमा काठमाडौंमा पानी आपूर्ति बन्द हुने भएपनि अब बाह्रै महिना मेलम्चीको पानी आपूर्तिका लागि विकल्प खोजिसकेको बताए ।

उनले मेलम्ची नजिकै अर्को खोलाको पानी ल्याउने र शिवपुरीबाट पनि पानी आपूर्ति गर्नेगरी तयारी भइरहेको बताए । उनले मेलम्चीको पानी आपूर्तिमा उपत्यकावासीको विश्वास हट्न नदिने बताए। असारदेखि चार महिनाका लागि मेलम्चीको पानी बन्द गरिँदै आएकोमा यस वर्ष आफ्नो पहलका कारण दशैं अगाडि नै मेलम्चीको पानी आपूर्ति गर्न सफल भएको उनको भनाइ छ।

मन्त्री यादवले मेलम्चीबाट दैनिक २० करोड लिटर पानी आइरहेकोमा विविध कारणले ३ देखि ४ करोड पानी बागमतीमा पठाइएको जानकारी दिए। उनले जलस्रोत धनी मुलुक नेपालमा खानेपानीका लागि आन्दोलन गर्नुपर्ने अवस्था अब नआउने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर