शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले भवन नबनाएको भन्दै जनप्रतिनिधि आक्रोशित

भक्तपुर । जग्गा प्राप्ती पछि पनि शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले भवन नबनाएको भन्दै जनप्रतिनिधि आक्रोशित बनेका छन् ।

चाँगुनारायण नगरपालिका वडा नं. ३ का वडाध्यक्ष श्याम सुन्दर धिमालले आज वडा कार्यालयमा पत्रकार सम्मेलन गरी २०७७ असोज २५ गते कार्यपालिकाको बैठकले सार्वजनिक पर्ति जग्गा ३१ रोपनी ७ आना दिँदा पनि हालसम्म केन्द्रले बेवास्ता गरेको बताए ।

भक्तपुर अस्पतालको साँघुरो भवनबाट सेवा दिइरहेको केन्द्रले ठाउँ अभाव भएपछि जग्गा खोजी गरेको थियो ।२०७८ आल जेठ १३ गते मन्त्रिपरिषद्को बैठकबाट चाँगुनारायण नगरपालिका वडा नं. ३ को थानाको पाखाको सार्वजनिक पर्ति जग्गा ३० वर्षका लागि लिजमा दिने निर्णय गरेको थियो । २०७८ साल जेठ १८ गते मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत देवी बहादुर भण्डारी र अस्पतालका कार्यकारी निर्देशकबीच लिज सम्झौता भएको थियो । त्यसपछि केन्द्रले ३ लाख ३१ हजार ९८० रुपैयाँ राजस्व बापत सरकारी कोषमा जम्मा गरेको वडाध्यक्ष धिमालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर