लिभरपुलका चार खेलाडीले क्लब छाड्ने

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलका चार खेलाडीले सिजनको अन्त्यसँगै क्लब छाड्ने भएका छन् ।

जेम्स मिल्नर, रोबर्टो फिर्मिन्हो, एलेक्स चाम्बरलिन र नेबी केइटाले सिजनको अन्त्यसँगै लिभरपुल छाड्ने भएका छन् ।

लिभरपुलले चार खेलाडीले सिजनको अन्त्यसँगै क्लब छाड्ने पुष्टि गरेको छ ।

चारै जनाको यस समरबाट क्लबसँगको सम्झौता सकिदैछ ।

मिल्नर, फिर्मिन्हो, चाम्बरलिन र केइटाले लिभरपुलका लागि च्याम्पियन्स लिग र प्रिमियर लिग जितेका थिए ।

३७ वर्षीय मिडफिल्डर मिल्नरले लिभरपुलका लागि प्रिमियर लिगमा ३३० खेल खेलेका छन् ।

३१ वर्षीय ब्राजिलियन फरवार्ड फिर्मिन्होले प्रिमियर लिगमा २५४ खेल खेलेका छन् ।

केइटाले लिभरपुलका लागि ११९ खेल खेल्दा चाम्बर लिनले १४६ खेल खेलेका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर