रियललाई हराउँदै सिटी फाइनलमा

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनलको दोस्रो लेगमा बुधबार राति रियल मड्रिडलाई ४-० ले हराउँदै समग्रमा ५-१ को जितसहित सिटी फाइनल पुगेको हो ।

सिटी र रियलबीचको पहिलो लेगमा १-१ गोलको बराबरीमा सकिएको थियो ।

दोस्रो लेगमा रियललाई जित दिलाउन बेर्नार्डो सिल्भाले दुई गोल गरे ।

म्यानुएल एकान्जी र जुलियन अल्भारेजले एक एक गोल थपे ।

खेलको २३ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।

३७ औं मिनेटमा सिल्भाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

खेलको ७६ औं मिनेटमा एकान्जीले गोल गर्दा सिटी ३-० ले अघि रह्यो ।

त्यसपछि खेलको इन्जुरी समयमा अल्भारेजले गोल गर्दै सिटीलाई ४-० को जित दिलाए ।

अब सिटीले उपाधिका लागि इटालियन क्लब इन्टर मिलानको सामना गर्नेछ ।

इस्तानबुलमा हुने फाइनल खेल जुन १० मा हुनेछ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर