वाणिज्य बैंकहरुको माघ महिनाका लागि नयाँ व्याजदर
काठमाडौं । वाणिज्य बैंकहरुले माघ महिनाका लागि नयाँ व्याजदर सार्वजनिक गरेका छन् । हाल रहेका २० वटा वाणिज्य बैंकमध्ये अधिकांशले निक्षेपको व्याजदर अघिल्लो महिनाकै यथावत् राखेका छन् । माघ महिनाका लागि १८ वटा वाणिज्य बैंकले मुद्दति निक्षेपको अधिकतम् व्याजदर यथावत् राखेका छन् भने २ वटा वाणिज्य बैंकले व्याजदर घटाएका छन् ।
मुद्दति निक्षेपको अधिकतम व्याजदर घटाएर नेपाल एसबीआई बैंकले ५.५ प्रतिशत र कृषि विकास बैंकले ५.५१ प्रतिशत कायम गरेका छन् ।नविल बैंक ५.७५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ६.५ प्रतिशत, माछापुच्छ्रे बैंक ६ प्रतिशत, हिमालयन बैंक ६.२५ प्रतिशत, एभरेष्ट बैंक ६ प्रतिशत, एनआईसी एसिया बैंक ६.६ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंक ६.२५ प्रतिशत पुरानै व्याजदर यथावत् राखेका छन् ।
त्यसैगरी, लक्ष्मी सनराइज बैंक ५.७५ प्रतिशत, कुमारी बैंक ५.९१ प्रतिशत, सिद्धार्थ बैंक ६ प्रतिशत, सानिमा बैंक ६.०५ प्रतिशत, एनएमबि बैंक ६.६ प्रतिशत, प्रभु बैंक ६.१ प्रतिशत, ग्लोबल आइएमई बैंक ५.७५ प्रतिशत, सिटिजन्स बैंक ५.६५ प्रतिशत, प्राइम कमर्सियल बैंक ६.२५ प्रतिशत, नेपाल बैंक ५.६ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंक ६ प्रतिशत पुरानै व्याजदर यथावत् राखेका छन् । माघ महिनाका लागि सबैभन्दा धेरै व्याजदर एनआईसी एसिया र एनएमबि बैंकको ६.६ प्रतिशत रहेको छ । सबैभन्दा कम व्याजदर नेपाल एसबिआई बैंकको ५.५ प्रतिशत रहेको छ ।