जेसीबीको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु

काठमाडौं ।  जेसीबीको ठक्करबाट काठमाडौंमा शुक्रबार एक जनाको मृत्यु भएको छ। नागार्जुन नगरपालिका ६ ह्वाईट गुम्बा नजिकै सडकमा बा २ क ६०८८ नम्बरको जेसीबीको ठक्करबाट सोही नगरपालिका ६ बस्ने पञ्चकुमारी तामाङकी छोरी ११ वर्षीया अनुशा तामाङको शुक्रबार दिउँसो मृत्यु भएको हो। ठक्करबाट गम्भीर घाइते भएकी उनको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर