महिला प्रधान फिल्म द केरला स्टोरीले व्यापारको रेकर्ड तोड्यो

काठमाडौं। सबै विवादका बाबजुद अभिनेत्री आदा शर्माको फिल्म ‘द केरला स्टोरी’ ले बक्स अफिसमा असाधारण व्यापार गरिरहेको छ । महिलामुखी फिल्मको कुरा गर्ने हो भने यो फिल्मले कंगना रनौतको ‘तनु वेड्स रिटर्न्स’ र आलिया भट्टको फिल्म ‘गंगुबाई काठियावाडी’को रेकर्ड तोड्दै अगाडि बढेको छ ।

अभिनेत्री कंगना रनौतको फिल्म ‘तनु वेड्स मनु रिटर्न्स’ को लाइफटाइम बक्स अफिस कलेक्सन १५०.८ करोड भारु रहेको छ । आदा शर्माको फिल्मले १२ दिनमै बक्स अफिसमा १५६.६९ करोडको आँकडा पार गरेको छ । यस मामिलामा आलिया भट्टको फिल्म ‘गंगुबाई काठियावाडी’ पनि अदा शर्माको फिल्मभन्दा पछाडि परेको छ । अभिनेत्री आलिया भट्टको फिल्म ‘गंगुबाई काठियावाडी’को लाइफटाइम बक्स अफिस कलेक्सन १२९.१० करोड रहेको छ । योसँगै रणवीर कपुर र श्रद्धा कपूरको फिल्म ‘तू झुठी मैं मक्कर’ पनि कमाईको मामिलामा ‘द केरला स्टोरी’ भन्दा पछाडि परेको छ ।

श्रद्धा कपूरको फिल्म ‘तू झुठी मै मक्कर’ को लाइफटाइम बक्स अफिस कलेक्सन १४७ करोड रुपैयाँ थियो । तर, यस मामिलामा ‘द केरला स्टोरी’ अझै शाहरुख खानको फिल्म पठानभन्दा पछाडि छ । फिल्म ‘द केरला स्टोरी’ ले १२ दिनमा १५६.६९ करोड कमाएको छ भने शाहरुख खानको फिल्म पठानको १२ दिनमा बक्स अफिस कलेक्सन ४३८.४५ करोड रहेको छ । ‘द केरला स्टोरी’ ले बक्स अफिसमा सफलता हात पार्दै अझै धेरै कमाउन सक्ने विश्वास गरिएको छ । मुम्बईमा बुधबार आयोजित यस फिल्मको पत्रकार सम्मेलनमा अदा शर्मा पनि यसका कारण निकै उत्साहित देखिएकी थिइन् ।

अभिनेत्री आदा शर्माले भनिन्, ‘एक कलाकारको हैसियतले फिल्मको बक्स अफिस कलेक्सन देख्दा सधैं खुशी लाग्छ । तर, यो फिल्ममा काम गर्दा सबैभन्दा धेरै खुसी छु । यो फिल्मको छायांकन गर्नुअघि मलाई केरलामा भइरहेको धर्म परिवर्तनको बारेमा धेरै थाहा थिएन, तर यो फिल्मको छायांकनको क्रममा मैले यसका बारेमा धेरै कुरा थाहा पाउने मौका पाएँ । यो यस्तो ज्वलन्त मुद्दा हो जसको बारेमा देशका प्रत्येक नागरिकले जान्नै पर्छ।” (एजेन्सी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर