सुनको मूल्य प्रति तोला ५ सय रुपैयाँले वृद्धि

काठमाडौं ।  नेपाली बजारमा आज बिहीबार सुनको मूल्य प्रति तोला ५ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख ५१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रति तोला एक लाख ५१ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर