दक्षिण कोरियामा विमान दुर्घटना, २८ जनाको मृत्यु

काठमाडौं ।  दक्षिण कोरियामा विमान दुर्घटना हुँदा २८ जनाको मृत्यु  भएको छ। जेजु एअरको विमान स्थानीय समयअनुसार ९ बजेर ७ मिनेटमा दुर्घटनाग्रस्त भएको हो। विमान थाइल्याण्डको बैंककबाट १७५ यात्रु र ६ चालक दलका सदस्य​ जेजु एअरको विमान फर्किएको थियो। मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट ​​चिप्लिएर बारमा ठोक्किएको हो।

अवतरण गर्ने क्रममा विमानको ल्यान्डिङ गियर खराब भएको सञ्चारमाध्यमले जनाएको छ । त्यसपछि विमान विमानस्थलको बारमा ठोक्किएको थियो। त्यसपछि विमानमा आगो लागेको थियो। उद्धार कार्य अझै जारी रहेको बताइएको छ। अहिलेसम्म दुईजनालाई जीवितै उद्धार गरिएको रोयटर्सले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर