बुधबार एक खेलको आयोजना हुँदै

काठमाडौं ।  इन्डियन प्रिमियर लिग(आइपीएल)मा आज बुधबार एक खेलको आयोजना हुँदैछ ।

आज हुने खेलमा दिल्ली क्यापिटल्स र पन्जाब किंग्सबीच खेल हुनेछ ।

धर्मशालामा रहेको एचपीसीए क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार बेलुका पौने आठमा सुरु हुनेछ ।

एचपीसीए क्रिकेट स्टेडियममा २०१३ पश्चात पहिलो पटक आइपीएल खेल हुँदैछ ।

पन्जाब दिल्लीलाई पराजित गरि २०१४ पछि पहिलो पटक प्लेअफ प्रवेशको सम्भावना कायमै राख्न चाहन्छ।

यस खेलमा पराजित भएमा पन्जाब यस प्रतियोगिताबाट बाहिरिने तेस्रो टिम बन्नेछ । यसअघि दिल्ली क्यापिटल्स र सनराईजर्स हैदराबाद प्रतियोगिताबाट बाहिरिसकेको छ ।

प्रतियोगिताबाट बाहिरिसकेको दिल्ली पन्जाबलाई पराजित गरि अघिल्लो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ।

दुई टोलीबीच भएका पछिल्ला पाँच खेलमा दिल्ली बलियो देखिएको छ । दिल्ली पाँच मध्ये चार तथा पन्जाबले एक खेल जितेको छ ।

दुई टोलीबीच सिजनको दास्रो खेल हो । पहिलो खेलमा पन्जाब ३१ रनले विजयी भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर